भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/bhuwan-768×478.png 768w, arthasanjal.com/wp-content/uploads/2022/07/bhuwan.png 900w” sizes=”(max-width: 482px) 100vw, 482px” />

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन् । केसी नेपालका चर्चित सुरस्टार हुन् ।

केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए । उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । उनले १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।

उनीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा रहेका थिए ।

कमेन्ट गर्नुहोस्