नेपालको निर्यात व्यापार ४१.७४ प्रतिशतले वृद्धि, एक वर्षमा दुई खर्बभन्दा बढीको वस्तु निर्यात 

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/byapar_ghata-aayat_niryat-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/byapar_ghata-aayat_niryat-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/byapar_ghata-aayat_niryat.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको निर्यात व्यापार ४१.७४ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले विभिन्न देशमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागले जनाएको छ ।

कोरोना महामारी नियन्त्रण गर्न विभिन्न देशले गरेको लकडाउन खुकुलो भएसँगै नेपालको निर्यात व्यापार वृद्धि भएको हो ।

कमेन्ट गर्नुहोस्