मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्यो 

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/IPO-1-768×581.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/IPO-1.jpg 810w” sizes=”(max-width: 396px) 100vw, 396px” />
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

१२ साउनसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ ।

कमेन्ट गर्नुहोस्