लिबियाकाे त्रिपोली झडपमा १६ जनाकाे मृत्यु

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/libiya-768×497.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/libiya.jpg 1000w” sizes=”(max-width: 464px) 100vw, 464px” />

बिहीबार राति त्रिपोलीका विभिन्न भागमा दुई प्रतिद्वन्द्वी सशस्त्र समूहबीच भएका भीषण झडपमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । दोहोरो भिडन्तमा ५२ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

घाइते सबैको यहाँका सार्वजनिक र निजी अस्पतालमा उपचार भइरहेको छ । लिबियाका लागि संयुक्त राष्ट्रसङ्घीय मिशन (युएनएसएमआइएल)ले उक्त द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै सबै लिबियालीलाई संवेदनशील परिस्थितिमा देशको स्थायित्व जोगाउने हरसम्भव काम गर्न आह्वान गरेको छ । सन् २०११ मा कर्नल गद्दाफीको शासन पतन भएपछि लिबियामा हिंसा बढिरहेका छन् ।

कमेन्ट गर्नुहोस्