आगो लागेपछि क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा आपत्काल घोषणा

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/california.jpg 624w” sizes=”(max-width: 500px) 100vw, 500px” />

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको केही क्षेत्रमा योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ । ओक फायर नाम दिइएको डढेलो शुक्रवारबाट विस्फोटक शैलीमा फैलिन सुरु भएको थियो। तर अग्नि नियन्त्रकहरूले २४ घण्टा बितिसक्दासमेत यसको विस्तारलाई नियन्त्रणमा लिन सकेका छैनन् । “विस्फोटक रूपमा फैलने आगो अग्नि नियन्त्रकहरूका लागि पनि चुनौतीपूर्ण हुन्छ,“ क्यालिफोर्नियाको वारुण विभागले भनेको छ । डढेलोपछि ३,००० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने १० बढी घरहरू नष्ट भइसकेका छन् ।
आगो ११,९०० एकडमा फैलिएको र यो अहिले संयुक्त राज्य अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो रहेको बताइएको छ । क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा आपत्काल घोषणा गरिएको छ । क्यालिफोर्नियाका गभर्नर गभिन न्यूसोमले एक वक्तव्य जारी गर्दै सुक्खासँगै गर्मी मौसमका कारण आगो फैलिएको बताएका छन् ।

अमेरिकाको अधिकांश ठाउँहरूमा यो सप्ताहान्तमा उष्णलहर चलिरहेको छ । मारिपोसा काउन्टीमा शनिवारको तापक्रम ३५.५ डिग्री सेल्सियस थियो र यही तापक्रम अझै केही दिन रहने प्रक्षेपण गरिएको छ ।

जलवायु परिवर्तनले मौसम गर्मी र सुक्खा हुने जोखिम बढाउँछ र यस्तो मौसममा डढेलो फैलन मद्दत पुग्छ । औद्योगिक युग सुरु भएसँगै विश्वको तापमान १.१ डिग्री सेल्सियसले वृद्धि भइसकेको छ । उत्सर्जन रोक्न विश्वका सरकारहरूले ठोस कदम नचालेको अवस्थामा तापमान वृद्धि जारी रहने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्