आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/samsad-pratinidi-sabha.jpg 720w” sizes=”(max-width: 450px) 100vw, 450px” />

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज १ बजेका लागि बोलाइएको छ ।

आइतबारको संसद बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन छलफलका लागि पेस हुने कार्यसूची रहेको छ । त्यसैगरी कारागार विधेयक, २०७६ पेस हुने र आजै उक्त  कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ । २९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

arthasanjal.com/wp-content/uploads/2022/07/56365sadan_Aoh12PmaLT.jpg 720w” sizes=”(max-width: 262px) 100vw, 262px” />

कमेन्ट गर्नुहोस्