घरेलु कामदारको सुरक्षणबापत संकलित ८ करोड ४९ लाख गायब

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/istockphoto-1281757422-612×612-1.jpg 612w” sizes=”(max-width: 440px) 100vw, 440px” />

विदेशस्थित नेपाली दूतावास रहेका पाँच नियोगबाट घरेलु कामदारको सुरक्षणबापत सम्बन्धित रोजगारदाताबाट संकलन गरेको ८ करोड ४९ लाख वित्तीय विवरण लुकाएको पाइएको छ ।

ओमान, बहराइन, इजिप्ट र आबुधाबीसमेत ४ नियोगले घरेलु कामदारको रकम कतै समावेश नगरेको भेटिएको महालेखा कार्यालयको प्रतिवेदनले औंल्याएको छ ।

नेपाली नियोगले विनियोजनतर्फ वर्षान्तमा निकासामध्ये खर्च भई बाँकी रकम तथा राजस्व रकम वर्षान्तमा दाखिला नगरी अर्को आर्थिक वर्षको प्रथम/दोस्रो चौमासिक निकासाबाट मन्त्रालयले कट्टा गरी हिसाब मिलान गरेको देखिएको छ ।

‘उपर्युक्त स्थितिमा मन्त्रालय र नियोगले देखाएको खर्च तथा राजस्व भिडान नहुने समस्या रहेको छ,’ महालेखाले प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै, घर र अपार्टमेन्टतर्फ सरकारी निकायले अन्य निकायमा राखेको धरौटी अभिलेख महालेखा परीक्षकद्वारा स्वीकृत ढाँचामा राख्नुपर्ने व्यवस्था भए पनि दूतावासले चान्सरी भवन र कर्मचारी आवास गृह भाडामा लिँदा जेनेभा, हङकङ, कोपेनहेगनलगायत २२ नियोगबाट १ सय २ घर÷अपार्टमेन्टका सम्बन्धित घरधनीलाई ६ करोड ७४ लाख सुरक्षणबापत भुक्तानी भएको महालेखा प्रतिवेदनमा उल्लेख छ ।

‘ यो वर्ष नेपाली स्थायी नियोग, न्युयोर्कले विगतदेखि भाडामा लिएमध्ये दुई घर छाडेकोमा घरधनीलाई भुक्तानी दिएको घरभाडा सुरक्षण १२ लाख ९८ हजार फिर्ता लिनुपर्छ,’ महालेखा प्रतिवेदनमा भनिएको छ ।

मन्त्रालय तथा नियोगमा रहेको सुरक्षण रकमको अद्यावधिक अभिलेख राख्ने तथा विगतसमेतको जिम्मेवारी देखिनेगरी वित्तीय विवरण तयार गरी करार अवधि समाप्त भएपश्चात् सम्बन्धित घरधनीबाट फिर्ता लिई राजस्व दाखिला गर्नुपर्छ ।

 

कमेन्ट गर्नुहोस्