व्याज र प्रतिफल योगदानकर्ताको खातामा

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/suraxa-1-768×440.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/suraxa-1.jpg 820w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०७७/७८ को योगदान रकमबाट प्राप्त व्याजका साथै एक प्रतिशत प्रतिफल रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ । कोष सञ्चालक समितिको बैठकले वृद्धावस्था सुरक्षा योजनामा योगदान गर्ने योगदानकर्ताको अघिल्लो आवको योगदान रकमको छ दशमलव ७५ प्रतिशत व्याज र थप एक प्रतिशत प्रतिफल थप गर्ने निर्णय गरेको थियो ।

कोषले कोरोना महामारीको समयमा सरकारका तर्फबाट योगदानकर्ताको खातामा जम्मा गर्नुपर्ने योगदान रकमको बाँकी अंशसमेत जम्मा गरिदिएको छ । योगदानकर्ताको खातमा बाँकी १६ प्रतिशत रकम जम्मा गरिएको कोषका निर्देशक कृष्ण अधिकारीले जानकारी दिए । सरकारले कोभिडबाट सताइएका योगदानकर्ता र रोजगारदाताका तर्फबाट कोषमा जम्मा गर्नुपर्ने २०७८ वैशाख र जेठ महिनाको योगदान रकम कोषमा जम्मा गरिदिने निर्णय गरेको थियो । दुई महिनाको योगदान रकमको ८४ प्रतिशत रकम यसअघि नै कोषले योगदानकर्ताको खातामा जम्मा गरिदिएको थियो ।

कमेन्ट गर्नुहोस्