वेस्ट इन्डिजविरुद्ध भारत तीन रनले विजयी

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Team-India-Cricket1644158749-1024×597.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Team-India-Cricket1644158749-768×448.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Team-India-Cricket1644158749-368×216.jpg 368w, arthasanjal.com/wp-content/uploads/2022/07/Team-India-Cricket1644158749.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

भारतले घरेलु टोली वेस्ट इन्डिजबिरुद्दको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन रनको जित निकालेको छ । यससँगै भारतले तीन खेलको शृंखलामा १० को अग्रता बनाएको छ ।

शुक्रबार राति क्विन्स पार्क ओभलमा भारतले दिएको ३०९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५० ओभरमा ६ विकेट गुमाएर ३०५ रनमा समेटियो । वेस्ट इन्डिजका केली मेयर्सले सर्वाधिक  ७५ रनको बनाए । भारतका मोहमद सिराज, शार्दुल ठाकुर र युजभेन्द्र चाहलले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले  ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउदै ३०८ रन बनायो । भारतका कप्तान शिखर धवनले सर्वाधिक ९७ रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेप र गुडाकेश मोटीले समान २ विकेट लिए ।

कमेन्ट गर्नुहोस्