जागिरका लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै बलात्कार प्रयास गरेको आरोपमा उपमेयरविरुद्ध जाहेरी दर्ता 

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Screenshot_2022-07-22-13-15-03-25_a23b203fd3aafc6dcb84e438dda678b6.jpg-1024×988.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Screenshot_2022-07-22-13-15-03-25_a23b203fd3aafc6dcb84e438dda678b6.jpg-768×741.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Screenshot_2022-07-22-13-15-03-25_a23b203fd3aafc6dcb84e438dda678b6.jpg.jpg 1080w” sizes=”(max-width: 311px) 100vw, 311px” />
सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध बलात्कार प्रयासको जाहेरी परेको छ ।

एक महिलालाई जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कोठामा लगेर बलात्कारको प्रयास गरेको भन्दै उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भएको हो ।
पीडित महिलाले उपमेयर महतोमाथि इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएकी हुन् ।

केही दिन अगाडि नगरपालिकामा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरसम्बन्धी विज्ञापन खुलेको थियो । ति महिलाले  कम्प्युटर अपरेटर पदमा फारम भरेकी थिइन् । जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कार्यकक्षको गोप्य कोठामा बोलाएर बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ ।

उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । घटना सार्वजानिक भएदेखि उपमेयर महतो सम्पर्कविहीन छन् ।

कमेन्ट गर्नुहोस्