बजेट प्रकरण : संसदीय छानबिन समितिको म्याद सात दिन थपियो

Share:
arthasanjal.com/wp-content/uploads/2021/10/janardan-sharma-1024×645.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2021/10/janardan-sharma-768×483.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2021/10/janardan-sharma-1536×967.jpeg 1536w, arthasanjal.com/wp-content/uploads/2021/10/janardan-sharma.jpeg 1700w” sizes=”(max-width: 477px) 100vw, 477px” />

 बजेट प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद थप गरिएको छ । आजको प्रतिनिधि बैठकमा सभामुख अग्ग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए । सदनले त्यो प्रस्ताव स्वीकार गरेको हो ।

यसअघि, गएको असार २२ गते गठित समितिलाई १० दिनको समय दिइएको थियो । त्यो समयसीमा आज सकिँदै थियो । पहिला तोकिएको समयसीमा सकिसक्दा पनि समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोप पुष्टि हुने कुनै प्रमाण फेला पारेको छैन । अर्थसचिव, पूर्वअर्थसचिव, पूर्वअर्थमन्त्री शर्मा, पहिलो पटक समाचार लेख्ने पत्रकार तथा विज्ञहरुसँग सोधपुछ गरेपनि समिति निष्कर्षमा पुग्न सकेको छैन ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप निवर्तमान अर्थमन्त्री शर्मामाथि छ । शर्माले छानबिन समिति बनेकै दिन (असार २२ गते) पदबाट राजीनामा दिएका थिए ।

कमेन्ट गर्नुहोस्