झलनाथ खनालको प्रश्न : एमपीपी स्वीकार नगर्ने पत्र के कारणले लेख्न र पठाउन नसकेको हो ?

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/jhalnath_khanal-768×433.png 768w, arthasanjal.com/wp-content/uploads/2022/07/jhalnath_khanal.png 1020w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एसपीपी अस्वीकार गर्ने निर्णयबारे औपचारिक जानकारी गराउन अमेरिकालाई पत्र नलेखेकोमा आपत्ति जनाएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता खनालले मुलुकको राष्ट्रियताका सामु अनेक प्रकारका खतरा पैदा भइरहेको भन्दै एसपीपी नस्वीकार्ने भनेर सरकारले गरेको निर्णय एक महिना हुँदा समेत पत्र नपठाएकोमा आश्चर्य व्यक्त गरे ।

‘तर अहिलेसम्म पनि त्यो पत्र के कारणले लेख्न र पठाउन नसकेको हो ? यो हाम्रो देशको क्याविनेटभन्दा बाहिरतिर कतातिर छ कार्यकारी अधिकार ?’, खनालको प्रश्न छ । कार्यकारी अधिकार भएको क्याविनेटले निर्णय गरिसकेपछि कसैले रोक्न सक्छ (?) भन्दै उनले के कारणले रोकिएको भनि प्रधानमन्त्री र सरकारलाई प्रश्न गरे ।

कमेन्ट गर्नुहोस्