प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/sher-b-deuba-mhantha-thakur-768×466.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/sher-b-deuba-mhantha-thakur.jpg 890w” sizes=”(max-width: 494px) 100vw, 494px” />

प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बिहीवार बिहान बालुवाटारमा भएको भेटवार्तामा लोसपाका अध्यक्ष ठाकुरले नागरिकता ऐन संशोधन सम्बन्धी विधेयक संसदमा लगेकामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका थिए ।

लोसपाका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले ‘प्रधानमन्त्रीजीले नागरिकता विधेयक सदनमा लग्नुभएको छ, त्यसको लागि हामीले धन्यवाद दियौँ ।’ सो विधेयक चाँडै पारित हुने प्रधानमन्त्री देउवाले विश्वास दिलाएको उनले बताए । जेलमा रहेका रेशम चौधरीलगायतका बन्दी रिहाइ, मुद्दा फिर्ताको विषयमा पनि कुराकानी भएको भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्