बजेट प्रकरण : संसदीय समितिलाई बयान दिन पूर्वअर्थमन्त्री शर्मा सिंहदरबारमा

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Janardan-sharma-4-768×461.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Janardan-sharma-4-770×463.jpg 770w, arthasanjal.com/wp-content/uploads/2022/07/Janardan-sharma-4.jpg 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्ने विषयमा छानविन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी भएका छन् ।  समितिका ११ जना नै सदस्यहरु बैठकमा उपस्थित भएका छन् । आजको बैठकमा पूर्वमन्त्री शर्मासँग बयान लिइनेछ ।

यसअघि बुधबार अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल  समितिले छलफल गरेको थियो ।  तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो ।

आज समिति गठन गरिएको १० दिन पूरा भएको छ । समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्