रूसद्वारा युक्रेनी सैनिकका शव फिर्ता

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/ukren-768×452.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/ukren-368×216.jpeg 368w, arthasanjal.com/wp-content/uploads/2022/07/ukren.jpeg 850w” sizes=”(max-width: 500px) 100vw, 500px” />

युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रूसले फिर्ता गरेको छ । आफ्ना सैनिकको शव फिर्ती रूससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुनःएकीकरण मन्त्रालयले जनाएको छ ।

रूस–युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निकायको संयुक्त प्रयासमा आफ्ना सैनिकको शव फिर्ता ल्याइएको उक्त मन्त्रालयले जनाएको छ ।

गत साता कोटेन्कोले रूससँगको चारमहिनाभन्दा लामो द्वन्द्वमा करिब सात हजार युक्रनी सैनिक बेपत्ता भएका बताएका थिए ।

कमेन्ट गर्नुहोस्