
फण्डले प्रतिइकाई रु १० अंकित मूल्यका रु १ अर्ब २० करोड बराबरको १२ करोड इकाई विक्री खुला गरेको हो । निष्कासन गरिएको उक्त इकाइमध्ये ६ करोड इकाई न्यूनतम विक्री हुनुपर्नेछ ।
कुल बिक्री भएको इकाईको १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटललाई १८ लाख इकाई तथा कोष प्रबन्धकलाई १ करोड ६२ लाख इकाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा बिक्री गरिएको हो ।
आवेदकले १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्मका लागि आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरुले विक्री प्रबन्धकसँगै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर वेबसाइट र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

arthasanjal.com/wp-content/uploads/2022/07/Global-IME-Capital_ogdAoIZsUx-768×456.jpg 768w, 






