
जिल्लामा हाल २४ जना सक्रिय संक्रमित छन् । सोमबार भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमा कोभिडको लक्षण देखिएपछि गरिएको एन्टिजेन परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा निमित्त प्रमुख गीता पोखरेललाई पनि संक्रमण भएको छ, उनको परिवारमा चेकजाँच गर्दा थप तीन जनामा संक्रमण पुष्टि भएको छ ।
बेलहियास्थित हेल्थ डेस्कमा गरिएको परीक्षणमा पनि नाै जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन तथा भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । सीमामा देखिएका संक्रमित सबै भारतीय नै हुन् । सक्रिय संक्रमितहरू तिलोत्तमा, सिद्धार्थनगर र बुटवलका रहे पनि सबै होम आइसाेलेसनमा छन् ।
शाहका अनुसार रुपन्देहीमा हाल सम्म २ लाख १३ हजार ७ सय ६२ जनामा गरिएको परीक्षणबाट ३८ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये नाै सय ५४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक शाहले जानकारी दिए ।

arthasanjal.com/wp-content/uploads/2022/07/sima-antigene-file-photo.jpg-1024×577.jpg 1024w, 






