एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/biswa-1024×743.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/biswa-768×557.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/biswa.jpg 1050w” sizes=”(max-width: 413px) 100vw, 413px” />

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय नक्साल पुगेर भोलिदेखि लागू हुने गरी उनले राजीनामा बुझाएका हुन् ।

यसअघि आफूभन्दा १८ महिना जुनियर धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाइएपछि उनी असन्तुष्ट थिए । त्यसलगत्तै उनले सिंहलाई हटाएर आफूलाई महानिरीक्षक बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

तर, सर्वोच्च अदालतले उनको रिट २७ असारमा खारेज गरिदिएको थियो । त्यससँगै सिंहलाई आईजीपी बनाउने सरकारको निर्णय सदर भएको थियो ।

उनी २० साउन बिसमा उमेर हदको कारण अनिवार्य अबकासमा जदै थिए । यसअघि पनि महानिरीक्षक बढुवामा असन्तुष्टि जनाउँदै डीआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका थिए । त्यसबेला सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएको थियो ।
कमेन्ट गर्नुहोस्