२२५ स्थानीय तहले अझै पेश गरेनन् बजेट

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/bajet-1-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/bajet-1-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/bajet-1-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/bajet-1.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै २२५ वटा स्थानीय तहले बजेट पेश नगरेको बताएको छ ।नयाँ आर्थिक वर्ष आजबाट सुरु भइसके पनि २२५ वटा स्थानीय तहले अझै बजेट पेश गर्न नसकेको मन्त्रालयले जनाएको हो ।

बजेट पेश गरेर पास नगरेसम्म स्थानीय तहले चालु आर्थिक वर्षमा रकम खर्च गर्न पाउने छैनन् । मन्त्रालयका अनुसार हालसम्म ७५३ मध्ये ५२८ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरेका छन् ।

हालसम्म बजेट पेश गर्नेमा प्रदेश १ का १०२, मधेस प्रदेशका ७०, बागमती प्रदेशका ८४, गण्डकी प्रदेशका ७२, लुम्बिनी प्रदेशका ८३, कर्णाली प्रदेशका ५६ र सुदूरपश्चिम प्रदेशका ६१ स्थानीय तह रहेका छन् ।

बजेट पेश नगर्नेमा प्रदेश १ का ३५, मधेश प्रदेशका ६६, बागमती प्रदेशका ३५, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका २६, कर्णाली प्रदेशका २३ र सुदूरपश्चिम प्रदेशका २७ वटा स्थानीय तह छन् ।

कमेन्ट गर्नुहोस्