पछिल्लो चौबिस घण्टामा थपिए कोरोनाका १३५ जना नयाँ संक्रमित, एक जनाको मृत्यु 

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/corona-2-768×395.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/corona-2.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />
पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको १३५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पाइएको हो ।

बितेको चौबिस घण्टामा १ हजार ४७३ जनाको पीसीआर र १ हजार ५६८ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो । मन्त्रालयका अनुसार सोही अवधिमा ५९ जना संक्रमित निको भएका छन् । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ४३९ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाे तथ्याङ्क अनुसार हालसम्म नेपालमा ११ लाख २२ हजार ३३६ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये ९८.६ प्रतिशत निको भइसकेका छन् । कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९५३ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्