सेनाले ४३ वर्षदेखि विमान चार्टर गरेको भाडा उठाउन सकेन, बक्यौता रकम पुग्यो एक करोड ८९ लाखभन्दा माथि

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/nepali-sena-heli_20210616033701-1024×537.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/nepali-sena-heli_20210616033701-768×403.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/nepali-sena-heli_20210616033701.jpg 1150w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाली सेनाले ४३ वर्षदेखि आफ्ना हेलिकप्टर र जहाज भाडामा लगाउँदा लागेको भाडा उठान सकेको छैन ।  प्रत्येक वर्ष यस्तो रकम थपिदै जाँदा सेनाले हेलिकप्टर तथा जहाज चार्टर गरे वापत उठाउन बाँकी रकम अहिले १ करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष  २०३४/३५ देखि  २०७७/७८ सम्म सेनाले उठाउन बाँकी चार्टर भाडा १ करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको उल्लेख गरिएकाे छ ।

‘विवरणअनुसार ८ निकायबाट आर्थिक वर्ष २०७७/७८ को चार्टर भाडा ७१ लाख १९ हजार र २०३४/३५ देखि २०७६/७७ सम्मको १ करोड १८ लाख ३५ हजार रुपैयाँ समेत १ करोड ८९ लाख ५४ हजार रुपैयाँ उठ्न बाँकी रहेको छ । बक्यौता रकम समितिको कार्यविधिअनुसार असुल गर्नुपर्दछ,’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ ।

नेपाली सेनामा रहेको सैनिक विमान चार्टर उडान समितिले सैनिक विमान भाडामा दिने काम गर्छ । समिति मातहतमा रहेका १७ जहाजमध्ये एउटा मर्मतको लागि भूमिस्थ रहेको र ६ वटा सेवा दिन नसक्ने अवस्थामा छन् ।

आर्थिक वर्ष २०७७/७८ मा सेनाको १० वटा जहाजले २४१ घण्टा उडान गरेको थियो । सेनाले हवाइ साधनबाट आर्थिक वर्ष २०७६/७७ मा १९ करोड ३३ लाख ६९ हजार आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा यो रकम १६ करोड ४४ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

कमेन्ट गर्नुहोस्