कांग्रेस पदाधिकारी बैठक बस्दै, निर्णय पुस्तिकाको गृहकार्य हुने

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/congress-padadhikari-1024×530.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/congress-padadhikari-768×397.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/07/congress-padadhikari.webp 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार अपरान्ह ३ बजे बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएकाे छ । केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवाश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बुझिएको छ । शनिबार नै केन्द्रीय समितिकाे बैठक सक्ने तयारी भए‍ पनि नेताहरूले बाेल्ने पालाे नसकिएकाले लम्बिएकाे हाे ।

यसपटककाे कांग्रेस बैठकमा संस्थापन र इतर पक्षका नेताहरूबीच आराेप-प्रत्याराेप सुरु भएकाे छ । खासगरी महामन्त्रीद्वय गगन थापा र‍ विश्वप्रकाश शर्मामाथि देउवा निकट नेताहरू बढी नै आक्रमक देखिएका छन् । प्रत्युत्तरमा थापा र शर्माले पनि देउवाले कार्यशैली नसुधारे चुप नबस्ने चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्