२०५ जना कोरोनामा संक्रमण, काठमाडौं उपत्यकामा १०० जनामा संक्रमण

Share:
arthasanjal.com/wp-content/uploads/2021/10/coronavirus_1-1024×683.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2021/10/coronavirus_1-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/10/coronavirus_1-1536×1024.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2021/10/coronavirus_1.jpg 1800w” sizes=”(max-width: 450px) 100vw, 450px” />

पछिल्लो २४ घण्टामा दुई सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ३ हजार ९० जनाको परीक्षण गर्दा २०५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ३८५ पुगेको छ ।

आज पुष्टि भएका संक्रमित मध्ये काठमाडौंमा ८२ जना, ललितपुरमा ११ र भक्तपुरमा ७ जना रहेका छन् । यससँगै काठमाडौंमा ८५० जना, ललितपुरमा ९२ जना र भक्तपुरमा २६ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ । जसकारण स्वास्थ्य सतर्कता अपनाउन र मास्कको प्रयोग गर्न जनस्वास्थ्यविज्ञहरुले आग्रह गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्