सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा, यी विषयमा हुँदैछ छलफल

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/gathabandhan_coalition-2-1024×539.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/gathabandhan_coalition-2-768×404.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/gathabandhan_coalition-2-1536×808.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/gathabandhan_coalition-2.jpg 1600w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सत्ता गठबन्धनका शीर्ष नेताहरुको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा उपसभामुखको निर्वाचन, नागरिकता विधेयक, आगामी संसदीय निर्वाचनका विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । यस्तै, संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन संशोधन र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद थप गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का लगायत सहभागी छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भारत भ्रमणका विषयमा पनि छलफल भइरहेको जनाइएको छ। प्रचण्डले आफूले गर्न लागेको भारत भ्रमणबारे गठबन्धन बैठकमा जानकारी दिएका छन् । उनी आज (शुक्रबार) भारत भ्रमणमा निस्कँदै छन् ।

कमेन्ट गर्नुहोस्