डडेल्धुराका स्थानीय तहमा आठ करोड बढी बेरुजु

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/beruju-768×516.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/beruju.jpg 800w” sizes=”(max-width: 446px) 100vw, 446px” />

डडेल्धुराका सातवटा स्थानीय तहमा आठ करोड बढी बेरुजु आएको छ । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा डडेल्धुराका सात स्थानीय तहमा आठ करोड ४७ लाख ७२ हजार बेरुजु देखिएको हो ।

जिल्लामा रहेका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रकम जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा छ । अमरगढीको बेरुजु दुई करोड ६३ लाख २८ हजार रहेको छ । त्यसपछि सबैभन्दा बढी आलिताल गाउँपालिकाको बेरुजु दुई करोड १८ लाख ८१ हजार रहेको छ । भागेश्वर गाउँपालिकामा एक करोड ५३ लाख ५८ हजार बेरुजु देखिएको छ ।

यस्तै, परशुराम नगरपालिकामा ६६ लाख ५१ हजार, अजयमेरु गाउँपालिकामा ५८ लाख ५८ हजार र गन्यापधुरा गाउँपालिकामा ४९ लाख ३९ हजार बेजुरु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम बेरुजु नवदुर्गा गाउँपालिकाको रहेको छ। नवदुर्गाको बेजुरु ३७ लाख ५७ हजार रहेको छ ।

कमेन्ट गर्नुहोस्