सिक्लेसले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने

Share:
arthasanjal.com/wp-content/uploads/2021/10/IPO-1-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2021/10/IPO-1-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/10/IPO-1-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2021/10/IPO-1.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लास्थित मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि साधारण सेयर निष्कासन गर्दैछ ।

यस कम्पनीको सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यसको निष्काशन बन्द छिटोमा साउन २० गते र ढिलोमा भदौ ५ गते हुने कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार आवेदकले माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

कमेन्ट गर्नुहोस्