राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/bidhya-bhandari-and-Wang-768×468.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/bidhya-bhandari-and-Wang.jpg 1024w” sizes=”(max-width: 492px) 100vw, 492px” />

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको हो ।

भेटवार्तामा राष्ट्रपति भण्डारीले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको भन्दै उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने समेत बताएकी छन् ।

भण्डारीले कोरोना महामारी नियन्त्रण गर्न चीनले गरेको सहयोगप्रति उनले विदेशमन्त्री वाङलाई धन्यवाद दिएकी थिइन् । नेपाल र चीनबीच रहेका सेता हिमाल र पहाडले दुई देशको सम्बन्धलाई नछेक्ने बरु जोड्ने काम गरेको उनले बताएकी थिइन् ।

चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आएका थिए । उनले शनिबार परराष्ट्रमन्त्री डा नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।

कमेन्ट गर्नुहोस्