यातायात कार्यालय जगातीबाट नसार्न माग

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/11-1-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/11-1-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/11-1-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/11-1.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
भक्तपुरको जगातीवासीले यातायात व्यवस्थाको कार्यालय नसार्न माग गरेका छन् । कार्यालय सरेपछि स्थानीयले आइतबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् ।

कार्यालय प्रमुखको आर्थिक चलखेलका कारण कार्यालय सारेकाे उनीहरूकाे आरोप छ । भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालय पीडितहरूले कार्यालय प्रमुख नेत्र भटराईले आर्थिक चलखेल गरी कार्यालय सारेकाे आरोप लगाए । पीडितकातर्फबाट लक्ष्मी कार्कीले आर्थिक चलखेलका कारणले कार्यालय सारेको दावी गरे ।

कार्यालय अहिले अरनिको राजमार्गअन्तर्गत मध्यपुर थिमि भक्तपुरको राधेराधेबाट करिब पाँंच सय मिटरभित्र कालोपत्रे सडकसँंगै पुरानो घरमा सारेकाे छ । कार्यालय पाँचवर्षदेखि जगातीको राजु अवाको घरमा भाडामा थियो ।

कमेन्ट गर्नुहोस्