मकवानपुरका पाँच क्रसर उद्योगमा तालाबन्दी

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/a-1-1024×505.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/a-1-768×379.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/a-1.jpg 1100w” sizes=”(max-width: 500px) 100vw, 500px” />

पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ । लिखित र मौखिकरुपमा पटकपटक जानकारी गराएको तर राजस्व नबुझाएकाले तालाबन्दी गरिएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ । सो गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ ।

ती उद्योगले गाउँपालिकालाई रु एक करोड ५४ लाख राजस्व दाखिला गर्नुपर्ने भएको तर दाखिला नगरेकाले तालाबन्दी गर्नुपरेको उपाध्यक्ष नेपालीले जानकारी दिइन् । मकवानपुरगढी गाउँपालिका–५ स्थित साइबाबा क्रसर उद्योगले रु २८ लाख, आधुनिक क्रसर उद्योगले रु २३ र आमभञ्ज्याङ एग्रिगेरले रु २८ लाख तिर्न बाँकी छ ।

त्यस्तै मकवानपुरगढी–२ स्थित नमूना बालुवा उद्योगले रु ३० लाख तथा मकवानपुरगढी वडा नं ६ मा रहेको सामरी खोला बालुवा उद्योगले रु ४५ लाख राजस्व भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । ती उद्योगले असार १५ गतेसम्म भुक्तानी गर्ने लिखित सहमति गरे पनि त्यसको पालना नभएपछि बाध्य भएर तालाबन्दी गरिएको गाउँपालिका आर्थिक विकास समितिका संयोजक रहनुभएका सो गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाईंले बताए ।

कमेन्ट गर्नुहोस्