सांसद बोल्दाबोल्दै माइक बिग्रिएपछि…

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/gandaki-2-1024×467.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/gandaki-2-768×350.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/gandaki-2.jpg 1076w” sizes=”(max-width: 500px) 100vw, 500px” />

गण्डकी प्रदेशसभाको माइक बिग्रिएपछि संसद बैठक स्थगित भएको छ । सांसद बोल्दाबोल्दै आइतबार माइक बिग्रिएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक समस्या समाधान नहुँदासम्मलाई स्थगित गरेका छन् ।

आइतबार जनता समाजवादी पार्टी (जसपा) सचेतक धनमाया लामा पोखरेल बोलिरहेकी थिइन् । उनी बोल्दाबोल्दै माइक बिग्रियो । उनलाई एकछिन रोकेर सभामुख अधिकारीले समस्या समाधान गर्न कर्मचारीलाई भनेका थिए ।

फेरि आफ्ना धारणा राख्न सभामुखले सांसद पोखरेललाई समय दिए । माइक बिग्रिएपछि उनले बिनामाइक आफ्ना कुरा राखिन् र बिदा भइन् ।

गण्डकी प्रदेशसभामा गत २० असारदेखि आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल जारी छ ।

कमेन्ट गर्नुहोस्