बर्षाले भासियो हुलाकी सडक

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/hulaki-768×576.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/hulaki.jpg 1000w” sizes=”(max-width: 400px) 100vw, 400px” />

बर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा–राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट र सडककाे केही भाग भासिएको छ ।  पानी निकास हुन नसक्दा सडक र गल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन  ।  सडकमा क्षति हुँदा अवागमन रोकिएको छ ।

हुलाकी सडकअन्तर्गत  बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । अहिले  पूर्वमा कालाकाटेदेखि पश्चिममा राजपुरको गंगदी सम्मको करिब ४० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो ।

कमेन्ट गर्नुहोस्