बूढीगङ्गा अपडेट : २७ सय मत गन्दा मेयर र उपमेयरमा एमालेको अग्रता काय

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Bajura-1024×631.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Bajura-768×474.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Bajura.jpg 1200w” sizes=”(max-width: 486px) 100vw, 486px” />

बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना भइरहेको छ । पछिल्लो प्राप्त विवरण अनुसार २ हजार ७ सय मत गणना हुँदा नेकपा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँ १ हजार ५ सय ९२ मतसहित अगाडि छन् ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार रङ्गबहादुर खातीले ९ सय ९० मतसहित बानियाँलाई पछ्याइरहेका छन् । त्यसैगरी उपमेयरका एमालेका उम्मेदवार मायाँ कुवँरले १ हजार ५ सय ५७ र कांग्रेसका रीता शाहीले १ हजार १० मत प्राप्त गरेकी छन् । वडा १ र १० को मतगणना सकिएको छ । अहिले वडा २ र ९ को गणना भइरहेको छ ।

वडा १ मा एमालेका रणबहादुर थापासहित प्यानल नै विजयी भएको छ । त्यस्तै वडा नम्बर १० मा नेकपा एमालेका दलबहादुर साउद विजयी भएका छन् ।

बूढीगङ्गामा नयाँ जनप्रतिनिधि चुन्न अस्ति बिहीवार पुनः मतदान भएको थियो । त्यहाँ १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो ।

कमेन्ट गर्नुहोस्