खानेपानी तथा सरसफाइ विधेयक पारित

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/sava-5-1-1024×478.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/sava-5-1-768×358.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/sava-5-1.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रतिनिधिसभाले खानेपानी तथा सरसफाइ विधेयक २०७७ पारित गरेको छ ।  प्रतिनिधिसभाको बिहीबारको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस् भनि प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् ।

उक्त प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा सांसद खेमप्रसाद लोहनीले गणपुरक संख्या नरहेको भन्दै सभामुखको ध्यानाकर्ष गराए । तत्पश्चात तीन मिनेट घण्टी बजाएर गणना गर्दा गणपुरक संख्याका लागि ७९ जना सांसदको उपस्थिति रहनुपर्ने भए पनि ८३ जना सहभागी रहेपछि उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्