‘बजेट मन्त्रीको सेरोफेरोमा राख्ने, जनताले स्वच्छ पानी कसरी पाउने ?’

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Dev_prasad_timalsina-1024×489.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Dev_prasad_timalsina-768×366.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Dev_prasad_timalsina-1536×733.jpeg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/Dev_prasad_timalsina.jpeg 1700w” sizes=”(max-width: 500px) 100vw, 500px” />

कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले तराई मधेशका जनता आर्सेनिकयुक्त पानी पिउन बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जनता आर्सेनिकयुक्त पानी पिउन बाध्य भए पनि सरकारले स्वच्छ पानी उपलब्ध गराउने विषयमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाए ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उनले विधेयक र कार्यक्रमबारे छलफल भए पनि कार्यान्वयन नहुँदा जनताले स्वच्च्छ पानी नपाएको गुनासो गरे । कार्यक्रम छुट्टयाए पनि बजेट विनियोजन नहुँदा स्वच्छ खानेपानी जनताले नपाएको सांसद तिमल्सिनाको भनाइ छ । मन्त्री र प्रधानमन्त्रीको वरिपरि बजेट सीमित गरिँदा अन्यत्रको परेका कार्यक्रम कार्यान्वयन हुन नसकेको उनले बताए ।

‘जनताले स्वच्छ पानी त खान पाउनु पर्‍यो नि । पानी पनि स्वच्छ खान पाइएको छैन । विगतको सरकार, अहिलेको सरकार, विधेयकहरु आउँछ, कुराहरु आउँछ । तर कार्यान्वयन पक्ष छैन,’ उनले भने, ‘मलाई स्मरण छ, बलबहादुर राईले खानेपानी मन्त्रालय हेर्दा, २०५१ सालमा सुरु भएको सिँधुरेघारी खानेपानी योजना अहिलेसम्म सञ्चालनमा आएको छैन । बजेट छैन, बजेट त जो मन्त्री हुन्छन्, उनकै सेरोफेरोमा बजेट राख्ने, अनि स्वच्छ पानी कहाँबाट खाने ? बजेट छुट्टयाइनुपर्‍यो ।

कमेन्ट गर्नुहोस्