बाजुरको बुढीगंगामा जारी मतदान शान्तिपुर्ण, एमाले र कांग्रेसबिच तिव्र प्रतिस्पर्धा

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/bajura-vote-1-768×420.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/bajura-vote-1.jpg 990w” sizes=”(max-width: 500px) 100vw, 500px” />

बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि पुनः मतदान सुरु भएको छ ।

गत वैशाख ३० गते भएको बिबादमा परेर स्थगित भएको स्थानिय तहको निर्वाचन राजनीतिक दलको सहमति अनुसार आज सुरु भएको छ । मतदान बिहान ९ बजे देखी साँझ ५ सम्म चल्नेछ ।

१० वटा मतदानस्थलमा मतदानको प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारले जानकारी दिए । उनका अनुसार मतदान शान्तिपुर्ण तरिकाले जारी रहेको छ ।

गत निर्वाचनमा मुख्यतः कांग्रेस र एमालेले बुथ कब्ज गरेर मत परिणाम प्रभावित पार्न खोजेको भन्दै आरोप लगाएपछि असहज अवस्था बन्दै गए पछि निर्वाचन आयोग, बाजुराले अन्तिम समयमा मतदान स्थगित गरेको थियो । सर्वोच्च अदालतसम्म पुगेको सो स्थगित मतदानलाई पुनः राजनीतक दलहको आपसी सहमतिमा २३ असारमा सुरु गरिएको हो ।

जारी निर्वाचनमाा बूढीगंगा नगरपालिकाको भावी मेयर पदका लागि नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ बलिया उम्मेदवार मानिएका छन ।

बुढीगंगाको मत परिणाम आएसँगै स्थानिय तहको निर्वाचन भने औपचारिक रुपमा अन्त्य हुनेछ । स्थानिय तहको निर्वाचन परिणाम आउन बाँकी बुढीगंगा मात्रै एक्लो र अन्तिम स्थानिय तह हो ।

कमेन्ट गर्नुहोस्