नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ सब-भेरियन्ट ‘बीए फाइभ’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दुई जनामा ओमिक्रोनको ‘बीए फाइभ’ सब भेरियन्ट सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले गरेको जिन सिक्वेन्सिङ मार्फत परीक्षण गर्दा दुई वटा नुमनामा ‘बीए फाइभ’ पुष्टि भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित केसको नमुना केन्द्रीय डाइनोस्टिक प्रयोगशाला र बेलिहिया नाकाबाट प्राप्त भएको हो ।
मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न भारत र नेपालको सीमा नाका तथा प्रयोगशालाबाट आएका ३२ वटा नमुनालाई जिन सिक्वेन्सिङ गरिएको थियो ।
कमेन्ट गर्नुहोस्