आधा पांग्रे साइकल, जसले गर्छ अन्यले जस्तै काम  

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/t-1.jpg 750w” sizes=”(max-width: 450px) 100vw, 450px” />
साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ ।  तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ ।

युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि परिचित छन् । तर, उनको पछिल्लो आविष्कारले उनलाई चर्चित बनाएको छ ।

यो विचित्रको साइकलमा अगाडिको पूर्ण तर पछाडिको दुई वटा आधा पांग्रा छन् र तिनीहरूले अगाडिकोले जस्तै काम गर्छन् ।

यो साइकलका दुई आधा पांग्र सही तरिकाले प्रयोग गर्दा एउटा पूर्ण पांग्राले जस्तै राम्रो काम गर्छ भन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ । तर, वास्तविकता यही हो । गोर्डिएभका अनुसार यो साइकलले अन्यले जस्तै राम्रो काम गर्छ ।

साइकल समतल सतहमा राम्रोसँग दौडने मात्र होइन यसले झन्झट र अवरोध ट्याकल गर्न सक्ने गोर्डिएभ बताउँछन् ।

कमेन्ट गर्नुहोस्