नवविवाहित दुलहीलाई घर लैजान तालिवान कमाण्डरले प्रयोग गरे सैन्य हेलिकोप्टर

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/helicopter-1024×683.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/helicopter-768×512.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/helicopter.jpeg 1200w” sizes=”(max-width: 450px) 100vw, 450px” />

एक तालिबान कमाण्डरले आफ्नी नवविवाहित दुलहीलाई घर लैजान सैन्य हेलिकप्टर प्रयोग गरेको विवरण सार्वजनिक भएको छ । उनले आफ्नी दुलहीलाई लोगरबाट खोस्ट प्रान्तमा लैजान हेलिकप्टर प्रयोग गरेका थिए ।

दुलहीलाई घर लैजान प्रयोग गर्ने तालिबान नेता तालिवानको हक्कानी शाखाको कमाण्डर भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।सामाजिक सञ्जालमा भाइरल भिडियोमा ती कमण्डर दुलहीको घर नजिकै अवतरण गरेका थिए । सञ्चार माध्यममा दाबी गरिए अनुसार छोरी दिए बापत उनले ससुरालाई १ लाख २० हजार अफगानी दाइजो दिएका थिए । एएनआईका अनुसार उनी खोस्टमा बस्छन् र उनकी श्रीमतीको घर लोगरको बर्की बराक जिल्लामा हो ।

उक्त घटना शनिबार लोगार प्रान्तको बर्की बराक जिल्लाको शाह मजार क्षेत्रमा भएको जनाइएको छ । यद्यपि, कमाण्डरको बचाउ गर्दै तालिबानका उपप्रवक्ता कारी युसुफ अहमदीले हेलिकोप्टर चढेको आरोपमा सत्यता नभएकाे बताए । सामाजिक सञ्जालमा भाइरल भिडियोलाई लिएर मानिसहरूले विरोध जनाएका छन् ।

कमेन्ट गर्नुहोस्