भारतमा एक वृत्तचित्रमा काली माताले चुरोट पिएको देखाइएपछि अवस्था तनावग्रस्त भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार चलचित्रकर्मी लीना मणिमेकले आफ्नो ‘काली’ नामक वृत्तचित्रको पोस्टर सार्वजनिक गरेकी छिन् । जसमा काली माताको पहिरनमा रहेकी अभिनेत्रीले चुरोट पिएको देखिन्छ भने पृष्ठभूमिमा लैङ्गिक अल्पसंख्यक समुदायले प्रयोग गर्ने झण्डालाई पनि देखाइएको छ ।
उक्त पोस्टर सार्वजनिक भएपछि लिनाको सामाजिक सञ्जालमा धार्मिक आस्थामाथि ठेस पुर्याइएको भन्दै चर्को आलोचना सुरु भएको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि यस्ता टिप्पणीले विचलित नहुने बताएकी चलचित्रकर्मी लिनाले हाल सामाजिक सञ्जालमा कमेन्ट प्रतिबन्ध गराएकी छन् ।
कमेन्ट गर्नुहोस्