![](https://godawarikhabar.com/wp-content/uploads/2022/07/janardan-sharma-750x375.jpeg)
अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको बताइएको छ ।
अर्थमन्त्रीलाई हटाउन देउवा र प्रचण्ड र देउवा दुवै सकारात्मक रहेका छन् । उनलाई हटाएपछि अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रकै अर्का नेतालाई नियुक्त गर्ने तयारी छ ।
केही समयअगाडी राष्ट्र बैंकका गभर्नरमाथि दोष थुपारेर अर्थमन्त्री शर्मा उम्किन लागेका थिए । तर निलम्बन भइसकेका गभर्नर सर्वोच्चको आदेशसंगै पुन राष्ट्र बैंक छिरेका थिए ।अहिले फेरी शर्मा अर्को गम्भीर नैतिक संकटमा परेका छन् ।
अर्थमन्त्रालयको सिसिटिभी डिलेट गरेका कारण उनीमाथि राजीनामाको नैतिक दबाब परेको छ ।
कमेन्ट गर्नुहोस्