
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ ।
सोमबार साँझ आयल निगमले एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रुपैयाँ, डिजेल र मट्टीतेल १७२ रुपैयाँ प्रतिलिटर पर्नेछ।
यसअघि असार ११ गते मात्र आयल निगमले पेट्रोलमा २० रुपैयाँ तथा डिजेल र मट्टीतेलमा २९ रुपैयाँ घटाएको थियो ।

कमेन्ट गर्नुहोस्