एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/oli-1024×447.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/oli-768×335.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/oli.jpg 1354w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे ।

विदेशी सेनाको इकाइ नृेपाल रहने गरी हुन लागेको एसपीपीको विषय कुनै दल र कुनै गठबन्धनको कुरा नभएको भन्दै ‌ओलीले यसबारे सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।

गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको थियो । तर, आइतबार (१९ असार)सम्म एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्