आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप शंकट निम्तिन्छः डा. प्रकाशकुमार श्रेष्ठ

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/prakash-1-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/prakash-1-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/prakash-1-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/prakash-1.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र आयातमुखी भएकाले आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप शंकट निम्तिने बताएका छन् ।

मदन भण्डारी बौद्धिक मञ्चद्वारा काठमाडौंमा  आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९÷८०को बजेट विषय अन्तरक्र्रिया कार्यक्रममा बोल्दै डा.श्रेष्ठले  नेपाली सबै आयातमुखी भएकाले मुलुकको उत्पादनको आधार नै कमजोर भएको बताएका हुन् । ।

श्रेष्ठले नेपाल जसरी उत्पादन भन्दा पनि उपभोग तर्फ जाँदा मुलुकको भुक्तानी संन्तुलनलाई असर पारेर अर्थतन्त्रमा परनिर्भताको भर पर्नु पर्ने अवस्था बढेको बताए ।  यस्तो अवस्थालाई सुधार गरेर अहिलको अर्थतन्त्रको चुनौतीलाई सरकार जनता सबै मिलेर समाधान गर्नु पर्ने उनले बताए ।

डा.श्रेष्ठले पछिल्लो समय विदेश जाने नेपाली श्रमिक र नेपाल आउने पर्यटक बढेकाले विदेशी मुद्रा बढ्ने संकेत गर्दै पछिल्लो एक वर्षमा ५ लाख नेपाली श्रमिक विदेश जाँदा तीन महिनाको रेमिट्यान्स बढ्दै गएको बताए । उनले आगामी महिनामा ९० अर्ब भन्दा बढी रेमिट्यान्स आउने अपेक्षा राष्ट्र बैंकको रहेको बताए।

नेपालबाट विद्युत निर्यात हुन थालेको तथा नेपाली सिमेण्ट विदेशमा निर्यात गर्ने प्रक्रिया थालनी भएकाले विदेशी मुद्राको दवाव कम हुन सक्ने आकलन गरिएको प्रमुख  श्रेष्ठको भनाई छ ।

कार्यक्रममा अर्थविद् डा.गोविन्द नेपालले अत्याधिक मूल्यवृद्धिको कारण आगामी आर्थिक वर्षमा ८ लाख मानिसहरु गरिबीको रेखामुनी पुग्ने समेत बताए ।

अर्थविद् नेपालले अघिल्लो ओली सरकारको जस्तो मुलुकलाई निश्चित गन्तव्यमा पुर्याउने योजना र भिजन नभएको दाबी गरे । उनले सरकारले पछिल्ला समय बढ्दै गएको नीतिगत भष्टाचार नियन्त्रण गर्न नसके अर्थतन्त्र समाप्त हुने बताए ।

कमेन्ट गर्नुहोस्