१८ अर्ब १ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल आज

Share:
arthasanjal.com/wp-content/uploads/2021/11/nepal-rastra-bank-1-270×207.jpg 270w, arthasanjal.com/wp-content/uploads/2021/11/nepal-rastra-bank-1.jpg 576w” sizes=”(max-width: 390px) 100vw, 390px” />

नेपाल राष्ट्र बैंकले आज असार २० गते ९सोमबार० १८ अर्ब १ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।

केन्द्रीय बैंकले असार २१ गते जारी गर्न लागेको ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो । राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो बिल असोज १८ गते परिपक्व हुनेछ ।

यसैगरी राष्ट्र बैंकले ३६४ दिनका लागि ८ अर्ब ९१ करोड ६५ लाख ५० हजार रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल २०८० असार १९ गते परिपक्व हुनेछ ।

यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

कमेन्ट गर्नुहोस्