नेपाललाई भारतको दियो ७५ एम्बुलेन्स र १७ वटा विद्यालय बस

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/ambulance-icon-1024×530.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/ambulance-icon-768×397.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/ambulance-icon.jpg 1096w” sizes=”(max-width: 500px) 100vw, 500px” />

स्वतन्त्र भएको ७५ औं वर्षगाँठको अवसरमा भारतले नेपाललाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ। आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरुमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो ।

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामुलक संस्थाहरुलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ। एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए। श्रीवास्तवले सम्बन्धित विभिन्न बस र एम्बुलेन्स प्रदान गरिएका संस्थालाई चाबी प्रदान गरे।

कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय रादजूत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने उल्लेख गरे। भारतले सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न संस्थाहरूलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिसकेको छ।

कमेन्ट गर्नुहोस्