महोत्तरीमा उर्लिदो बाढी, सुस्ताउँदो सरकार

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/rauja-1-.jpeg-1-1024×461.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/rauja-1-.jpeg-1-768×346.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/rauja-1-.jpeg-1.jpeg 1280w” sizes=”(max-width: 500px) 100vw, 500px” />
मनसुन सुरु भएसँगै  महोत्तरीमा खोला र खहरे उर्लिरहेका छन् । तीन दर्जनभन्दा बढी खहरे र नदीको बीचमा रहेको महोत्तरीमा बर्षेनी ठूलो धनजनको क्षति समेत हुँदै आएको छ ।

विशेषगरी रातु नदीको तटीय क्षेत्रमा बसोबास गर्ने उत्तरमा बर्दिबास नगरपालिकादेखि दक्षिणमा जलेश्वर नगरपालिकाका सर्वसाधारण त्राहीत्राहीमा रहने गर्छन ।

तर, सम्बन्धित निकायको बेवास्ताले बर्षायामसँगै थप त्रासमा बाच्नु परेको सर्वसाधारणहरूको गुनासो छ । रातु नदी उर्लिएपछि पशुपतिनगरका वीरमानलाई निन्द्रा नै लाग्दैन । ०५८ सालतिर आएको बाढीले यहाँका किसानहरूलाई बेघर बनाएको वीरमानलाई झल्झल्ती याद आइरहन्छ । ‘थोरै भए पनि अहिले तटबन्धन लगाएको छ उवेला यस्तो थिएन,’ उनले भने ।

रातु नदीले वर्षेनी क्षति गर्नुको एउटा प्रमुख कारण नदी उत्खनन् पनि हो । मनपरी उत्खनन् गर्दा खोलाको सतह निकै माथि वा तल पुग्ने गरेको छ । रातु नदी मात्र होइन मरहा र जंगाहा नदीमा उर्लिदो बाढीले वरपरका खेतीयोग्य जमिन कटान भइरहेको छ । अघिल्लो वर्ष मात्रै रातु नदीको वहाव कै कारण वल्वा नगरपालिका तिलगौढमा नौ सय घर डुबानमा परेका थिए भने कयाँै बिगाहा जमिन कटानमा परेको थियो ।

जलवायु परिवर्तनको समस्याले त्यतिकै समस्या भोगिरहेका सर्वसाधारणले वर्षादको समयमा झन् समस्या भोग्दै आएका छन् । महोत्तरीमा पर्ने रातु नदीको छेउछाउमा मात्र आधा दर्जन पालिका छन् । तर सबैभन्दा बढी प्रताडित बर्दिबास, औरही, वल्वा जस्ता पालिका जोखिममा रहेको विपद् व्यवस्थापन समितिले पहिचान गरेको छ ।

दुई दिन अघि मात्रै जिल्ला विपद् व्यवस्थापन समितिले बाढीबाट हुनसक्ने समस्यालाई पहिचान गरी प्रतिकार्यको लागि आपत्कालिन सामग्रीको भण्डारण थालेको छ । रातु, विग्ही, जंगहा र मरहा नदीको डुबान र कटानबाट क्षति हुन नदिन बन्चौरी, तिलगढ, रौजा बजार, परौल, गोनरपुरा, लेउरी, जलेश्वर–३, मलिवाडा, जुमनिया, हत्तीसर्वा, सिंग्याही, कविलासा, दोस्तिया, अलिपट्टी, बगडा, निगौल र सोनमा गाउँपालिका–१ का बस्ती र मटिहानी–९ को सिमरदही लगायत स्थानमा आपत्कालीन प्रतिकार्यको तयारी थालिएको हो  ।

तर, आफ्ना नागरिकलाई सम्भावित जोखिमबाट कसरी सुरक्षित राख्ने भन्ने सम्बन्धमा मट्टीहानी नगरपालिका बाहेक कुनै पनि पालिकाले तयारी थालेका छैनन् । ‘आपतकालीन प्रतिकार्यको लागि स्थानीय सरकारले कुनै तयारी नगर्नुले जोखिम अझ बढन सक्छ,’ बर्दिबासका मनोज खडकाले भने ।

बर्दिबासको उत्तरी क्षेत्रमा रहेका चुरे पहाडमा झन खतरा बढदै गएको भुगर्भविद्हरू बताउँछन् । यसअघि पनि खयरमाराको भित्री बस्तीमा सुख्खा पहिरो जाँदा गाउँ नै जोखिममा परेको थियो ।

वर्षायाममा उक्त खुकुलो पहाडलाई वरपर फैलिएको पानीको वहावले कमजोर वनाउँदै लैजाने भएकाले पहाड नै भाँसिएर समथर बन्न सक्ने भुगर्वविद् प्रकाश घिमिरे बताउँछन् ।

 

कमेन्ट गर्नुहोस्