राष्ट्रिय प्रजातन्त्र पार्टीमा पछिल्लो केहि दिन यता रडाको मच्चिएको छ । कमल थापाको विरासतलाई भत्काएर राप्रपाको अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिंदेन पछिल्लो समय घेरबन्दीमा पर्दै गएका छन् ।
राप्रपामा विभागिय प्रमुहरुको राजिनामाको लहरनै चलेको छ । सामाजिक विभाग प्रमुख ज्वाला संग्रौलाले राजिनामा दिएको केहि समयमै खेलकुद विभाग प्रमुख दमन बस्नेतले पनि राजिनामा दिए । राजिनामाको लहरै चल्न थालेकै बेला अध्यक्ष राजेन्द्र लिंदेनकी श्रीमतीको मोवाइलमा एउटा गोप्य म्यासेज आयो जुन म्यासेजले अहिले राप्रपामा ठूलो हल्लाखल्ला मच्चीएको छ ।
आन्तरिक विवादलाई लिएर एक नेताले मन मिल्ने अर्का नेतालाई पठाएको म्यासेज झुक्किएर अध्यक्ष राजेन्द्र लिङ्ग्देनको श्रीमतीका मोबाइलमा पुगेको थियो ।त्यहि म्यासेजका कारण राप्रपामा हल्लाखल्ला मच्चिएको छ । श्रमतीको मोवाइलमा आएको म्यासेज आफ्नै आँखाले देखेपछि लिंदेनले तत्काल एक्सन लिएका छन् ।
गत मंसिरमा बसेको राप्रपा केन्द्रीय कार्य समितिको पहिलो बैठकले समान विधारधारा भएका व्यक्ति, पार्टी, धार्मिक संघ, संस्थासँग एकता र सहकार्यका लागि वार्ता गर्न महामन्त्री धवल समशेर राणाको नेतृत्वमा वार्ता समितिसमेत गठन गरेको थियो ।
समितिमा राजाको पालाका माननीय ऋषिबाबु परियार र नेता दिलविकास राभण्डारी सदस्य थिए । तर, समितिमा संयोजक राणाको एकलौटी चल्न थालेपछि हैरान भएका भण्डारी र परियार राजीनामा दिने मनस्थितिमा पुगे ।
यसैबीच केही दिनअघि परियारले पूर्वसांसद सीता लुइंटेललाई आफूले वार्ता समितिबाट राजिनामा दिन लागेको म्यासेज गर्न खोज्दा झुक्किएर अध्यक्ष लिङ्ग्देनकी श्रीमती सीता लिङ्ग्देनलाई पुग्यो । लगत्तै लिङ्गदेनको खबर आयो, ‘माननीयज्यू कहाँ हुनुहुन्छ, माइन्युट लिएर आउनु त !’ त्यसपछि नेताहरु बुद्धिमान तामाङ्ग, धवल समशेरसहित बसेर लिङ्गदेनले वार्ता समिति नै भंग गरिदिए ।
अबदेखि यो वार्ता समिति विघटन भन्नुपर्नेमा विसर्जन गरिएको छ भन्ने माइन्युट गरेर दिलविकासलाई अपमानजनक ढंगले निकालिएको राप्रपा स्रोतको भनाइ छ । स्रोतका अनुसार राप्रपामा आउन चाहेका लेनिन बिष्टको पूर्व बालसेना समूह, पशुपति खड्का, कमल थापाको राप्रपा नेपाल र चुरे भावरका नेताहरु महामन्त्री राणाकै कारण रोकिएका हुन् ।
त्यस्तै, अभियन्ता बनेर चर्का भाषण गर्दै हिंडिरहेका ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र शाही’लाई पनि राप्रपामा भित्र्याउन हुँदैन भन्ने मत थियो रे राणाको । नेपालगन्जमा भाषण गर्न जाँदा शाहीलाई कुटाई खानबाट आफूले बचाएकाले उनीजस्ता अराजकलाई पार्टीमा ल्याउन हुँदैन भन्ने राणाको अडान थियो भनिन्छ ।
त्यसका बाबजुद वार्ता समिति सदस्य राजभण्डारीको जोडबलमा शाही राप्रपामा छिरेको स्रोत बताउँछ । अहिले उनै राजभण्डारी र पूर्वमाननीय परियारलाई ‘तह लगाउन’ वार्ता समिति नै ‘बिसर्जन’ गरिनुमा ‘म्यासेज काण्ड’ ले मुख्य भूमिका खेलेको राप्रपाका नेताहरु बताउँछन् ।