
आगामी आर्थिक वर्ष २०७९/८० का लागि सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट संशोधन गर्ने पर्ने अडानबाट सांसदहरु पछि नहटेपछि आज पनि प्रदेशसभा बैठक स्थगित गरिएको छ । बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेशसभाको बैठकमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलका सदस्यहरुले आर्थिक अनुशासनको उल्लङ्घन गरेर बजेट ल्याएको आरोप लगाउँदै संशोधन गर्नुपर्ने अडान दोहो¥याएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
प्रदेशसभा सदस्यहरुकै असहमतिका कारण १२ जेठमा बस्न नसकेको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्