‘हङकङको तैरिने रेस्टुरेन्ट डुबेको होइन, पल्टिएको मात्र हो’

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/hankan-768×497.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/hankan.jpeg 1024w” sizes=”(max-width: 463px) 100vw, 463px” />
हङकङको जम्बो तैरिने रेस्टुरेन्टबारे विवरण थप रहस्यमय बन्दै गएको छ । रेस्टुरेन्ट पल्टिएको मात्र विवरण सार्वजनिक भएपछि दुर्घटना थप रहस्य बनेको हो । यसअघि सो रेस्टुरेन्ट डुबेको विवरण सार्वजनिक भएको थियो ।

 सोमबार एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले एक विज्ञप्ति जारी गर्दै उक्त जहाज आइतबार दक्षिण चीन सागरको पारासेल टापु नजिकै ‘प्रतिकूल अवस्थाको सामना’ गरेपछि पानीमा पल्टिएको बताएको छ ।

घटनास्थलमा पानीको गहिराई १ हजार मिटरभन्दा बढी भएको र यसले उद्धार कार्य प्रभावित भएको विज्ञप्तिमा जनाइएको छ । बिहीबार राति हङकङको सामुद्रिक विभागले एक विज्ञप्ति जारी गर्दै  घटनाबारेमा मिडिया रिपोर्टहरूबाट मात्र थाहा पाएको जनाएको थियो ।

यसअघि अज्ञातस्थलतर्फ जाने क्रममा सो रेस्टुरेन्ट डुबेको जनाइएको थियो ।

कमेन्ट गर्नुहोस्