प्रधानमन्त्रीदेखि अंगरक्षकसम्मलाई धन्यवाद दिँदै रामकुमारीले भनिन् : सबैको ऋणि छु

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Ramkumari_Jhakri_OP-1-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/Ramkumari_Jhakri_OP-1-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Ramkumari_Jhakri_OP-1-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/Ramkumari_Jhakri_OP-1.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />

निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूमाथि विश्वास र भरोसा राख्ने कसैलाई पनि निराश हुन नदिने बताएकी छन् । एकीकृत समाजवादीकी सांसद झाँक्रीले हिजो (आइतबार) मन्त्री पदबाट राजीनामा दिएकी हुन् । आज सामाजिक संजाल फेसबुमा लामो स्टाटस लेख्नदै उनले आफूलाई सहयोग गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गर्दै आफू सबैको ऋणि भएको बताएकी छन् ।

झाँक्रीले लेखेकी छन्, ‘मलाई शहरी विकाश मन्त्रीको ज़िम्मेवारीमा सिफारिस गर्ने मेरो दल, दलका नेता कमरेड माधव कुमार नेपाल, गर्न सक्ने र केही गर्न खोज्ने मन्त्रीलाई प्रशस्त मौका र विश्वास गर्ने सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा, गठबन्धन दलका नेता कमरेड प्रचण्ड, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का मेरा सिनियर सहकर्मी मन्त्री दाइ दिदीहरू, मूख्य सचिव, विभिन्न सरोकार रहने मन्त्रालय र योजना आयोगका सचिवहरू, मेरो मन्त्रालयका सचिव, जंगी, प्रहरी लगायत सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, सहसचिवहरू, विभिन्न निकायका पदाधिकारीहरू, मेरो निजी सचिवालय, स्वकीय सचिवालयका सहकर्मीहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।’

उनले मन्त्रालयका समग्र टिमलाई धन्यवाद दिँदै भनेकी छन्, ‘खास गरी मेरो मन्त्रालयको समग्र टिम जसले मलाई शहरी भाषा बोल्न सिकाउनुभयो उहाँहरू प्रत्येकलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आफ्नो जिम्मेवारीमा कहिल्यै संझौता नगर्ने अंगरक्षक, व्यक्तिगत सुरक्षा अधिकारी, सहयोगी भाइबहिनीहरू सबैप्रति हार्दिक धन्यवाद !’

कमेन्ट गर्नुहोस्